२६ जेष्ठ २०८२, आईतवार

एक महिनादेखि हराएका युवक मृत फेला

 

१७ साउन, काभ्रेपलाञ्चोक । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ६ का २१ बर्षिय विजय श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

एक महिनाअघि घरबाट हराएका श्रेष्ठको शव सोही वडास्थित काजी तथा धैरेनी सामुदायिक वनमा हिजो (बुधबार) साँझ फेला परेको हो । हनुमानगढी नजिक जङ्गलमा फेलापरेको श्रेष्ठको शवको आज (बिहिबार) सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगलमा च्याउ खोज्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गरेपछि हिजो साँझ श्रेष्ठको शब वरको रुखको फेदमा सडेगलेको अवस्थामा फेला पारेको हो ।

हिजोदेखिनै घटना स्थललाई सुरक्षित राखेको प्रहरीले आज सनाखत गरेको हो । गत असार २८ गते हराएका श्रेष्ठको घटनाको’ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?