२६ जेष्ठ २०८२, आईतवार

घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर

 

१६ साउन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासीका कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर्ण १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीलाई चौकीदारको जिम्मेवारीबाट हटाउने, अरु कुनै सुविधा नदिने र कैदकट्टा तथा माफी मिनाहाको लागि सिफारिस-सहजीकरण पनि नगर्ने भन्दै उनले घुस लिने गरेको पाइएको पनि अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment