Press 4K
सोमबार, ३० चैत्र २०८२

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ३०, २०८२
|
|
१४० पटक हेरिएको
Shares
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

सारांश

  • गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ ।
  • आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।
  • सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।

 

३० चैत,काठमाडौं ।

गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।

सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति      फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित कानूनविपरीत रहेको मन्त्रालयले स्पष्ट पारेको छ । ‘सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दछ । आफ्ना विचारहरू प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता क्रियाकलाप प्रचलित कानून विपरीतका कार्य हुन् ।

यस किसिमका कार्यहरुमा सम्बन्धित निकायले नियमित प्रक्रिया अन्तर्गत निगरानी गरिरहेको व्यहोरा अनुरोध गर्दै प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको जानकारी गराईन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।यस्ता क्रियाकलापहरूमा सम्बन्धित निकायले नियमित निगरानी गरिरहेको उल्लेख गर्दै मन्त्रालयले नागरिकको मौलिक हक तथा अधिकारको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...