नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र २८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ ।
  • शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
  • सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो ।

२८ चैत, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारले आफ्ना १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेको थियो । उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन् । यसैबीच नेकपाले पनि यो विषय बेठिक भएको बताउँदै यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको निष्कर्ष निकालेको छ ।

‘जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो,’ बैठकको निष्कर्षबारे जानकारी गराउँदै नेता खतिवडाले भने, ‘यसले जनता र टे«ेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । यसको विपक्षमा हामी उभिनेछौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।’ उनका अनुसार, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
सोमबार विदेशी मुद्राको विनिमयदर कति?
सोमबार विदेशी मुद्राको विनिमयदर कति?
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
राष्ट्रिय सभा निर्वाचनबारे छलफलमा प्रधानमन्त्री
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आज विश्व सिमसार दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

तपाईंले छुटाउनुभयो कि?