राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २६, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना

सारांश

  •   २६ चैत, काठमाडौं ।
  • राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।
  • राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ ।

२६ चैत, काठमाडौं ।

राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए । यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ. रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने,’हामी पार्टीमा अब छलफल गरेर टुंगो लगाउँछौं ।

पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ । त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्यामा उनकै १५ वर्षीय दाइको संलग्नता ! यसरी परे पक्राउ
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,
भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु,
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
वर्षाका कारण नेपाल र हङकङबिचको खेल ढिलाइ
वर्षाका कारण नेपाल र हङकङबिचको खेल ढिलाइ
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
वीरगन्जको भकुवा नाकाबाट ८१ हजार पिस बढी लागूऔषध बरामद
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर