२५ चैत, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले अहिलेको सरकारले जेनजी सम्झौता अक्षर सहित पालना गर्न आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो चोटी सम्बोधन गर्दै उनले १० बुँदे सम्झौताको अक्षर सहित पालना नगरे स्वीकार्य नहुने बताए । उनले भने, ‘जुन जेनजी सम्झौता गरिएको छ १० बुँदे त्यो सम्झौताको अक्षर सहित पालना गरिओस् । शुसीला कार्की सरकार नेतृत्वले जेनजी आन्दोलनसँग गरेको सम्झौता यताउता भयो भनेदेखि स्वीकार्य हुने छैन ।

साथै उनले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनमाथि पनि धारणा व्यक्त गर्दै संसदभित्र अब पुराना पातहरु हट्दै गएको बताए । उनले संसदमा नयाँ पालुवाहरु पलाउँदै गर्दा आज राजनीतिको परिभाषा परिवर्तन भएको बताए । उनले भने, ‘संसदभित्र अब पुराना पातहरु हट्दै गएका छन् । नयाँ पालुवाहरु पलाउँदै आएका छन् । बसन्तको बहार भएको देखिन्छ । आज यो बसन्तको बहार भैइराख्दाखेरि यी युवा अनुहार भनेको अब यी पालुवा पलाउने छन्, फूल्ने छन्, फल्ने छन् र जनतालाई त्यो फल चखाउने छन् भनेर विश्वास गर्न सकिन्छ । आज राजनीतिक पोलटिकल प्याराडाइम सिफ्ट भएको छ, आज राजनीतिको परिभाषा परिवर्तन भएको छ, नेतृत्वको परिभाषा परिवर्तन भएको छ ।

साथै उनले राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा रवि लामिछाने मात्र जन्मेको बताए ।उनले भने, ‘यो परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने यो देशमा यतिखेर रवि लामिछाने जन्मेको छ । जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ, नेतृत्वको परिभाषा परिवर्तन गरेको छ, अब पोलिटिकल डिसकोर्ड त्यो बाटोमा अगाडि बढ्दैछ।

प्रतिक्रिया