२४ चैत,जनकपुर ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि पर्नुको एक कारण ऐन कानून रहेको धारणा राखेका छन् । मंगलबार जनकपुरधाममा आयोजित नेपाल अद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सातौ प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको द्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री यादवले केन्द्र र प्रदेशमा विद्यमान विभिन्न ऐन र कानुनका कारण मधेश प्रदेशमा नयाँ उद्योग व्यवसाय स्थापना हुन नसकेको बताए ।

उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए । त्यसमा पनि सरकारको ऐन र कानुनले उद्यागीहरुको पुँजीबाट आम्दानी हुने निश्चितता नरहेको मुख्यमन्त्री यादवको भनाई थियो ।मुख्यमन्त्री यादवले मधेश प्रदेश सबैभन्दा बढि जनसंख्या भएको प्रदेश भएपनि राजस्व बाँडफाँटको समयमा समानिकरण बजेट भने न्यून आउने गरेको गुनासो गरे ।उनले ६५ लाख जनसंख्या भएको मधेश प्रदेशमा जम्मा १२ अर्व समानिकरण अनुदान दिनु र १६ लाख मात्र जनसंख्या भएको कर्णाली प्रदेशमा २२ अर्व समानिकरण अनुदान बजेट दिनु विभेद भएको जानकारी दिए ।

मुख्यमन्त्री यादवले बालेन नेतृत्वको सरकारले घोषणा गरेजस्तै प्रदेशलाई बलियो बनाउन आवश्यक अधिकार र बजेट प्रदान गर्नेमा आशावादी रहेको बताए । मुख्यमन्त्री यादवले अब आउने बजेट वास्तविकताको आधारमा निर्माण गरिने जानकारी दिए । उनले अब निर्माण हुने बजेटमा विभिन्न क्षेत्रमा विद्यमान समस्याहरुको अध्ययन गरेर आवश्यक बजेट छुट्याउने बताए ।

प्रतिक्रिया