Press 4K
आइतबार, २२ चैत्र २०८२, १६ : ०२ : ५६

ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र ११, २०८२
|
|
३ पटक हेरिएको
Shares
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

सारांश

  • ११ चैत,काठमाडौं ।
  • नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् ।
  • बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका हुन् ।

११ चैत,काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका हुन् ।

उनले भने, ‘ट्रेड युनियनको विषयमा धेरै कुरा आएको छ, खारेज गर्ने भन्ने । यसमा ट्रेड युनियनमा भएका विकृतिहरू सुधार गर्नुपर्छ, त्यसमा कुनै समस्या छैन । तर ट्रेड युनियन नै खारेज गर्ने भनेको त संवैधानिक अधिकार नै खारेज गर्ने हो । नेपाली कांग्रेसको जन्मदाता नै ट्रेड युनियन हो, त्यसैले यसलाई नास्ने खालको अभिव्यक्ति नेपाली कांग्रेसका सदस्यले दिनु हुँदैन ।

स्वारले पार्टीभित्र ट्रेड युनियन सम्बन्धी स्पष्ट दृष्टिकोण चाँडै ल्याउनुपर्नेमा जोड दिँदै यसको संरक्षणका लागि सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हाम्रो जग नै ट्रेड युनियन हो । यदि त्यो कमजोर भयो भने पार्टीको आधार नै कमजोर हुन्छ । त्यसैले ट्रेड युनियनसँग बसेर चाँडै छलफल गर्नुपर्छ यो आग्रह गरे।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...