मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन

सारांश

  • २८ फागुन,रामेछाप ।
  • रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ ।
  • पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

२८ फागुन,रामेछाप ।

रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप अत्यधिक बढेको छ । पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरूले उपचारका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । मन्थली नगरपालिकाले सञ्चालन गर्दै आएको उक्त नगर अस्पतालमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पनि बिरामीको लामो लाइन देखिने गरेको छ । अस्पतालमा आउने बिरामीहरूको संख्या बढ्दै जाँदा उपलब्ध स्वास्थ्यकर्मीले सबैलाई समयमै सेवा दिन कठिन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशवसिंह धामी बताउँछन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीहरूका अनुसार बिहान अस्पताल पुगेपछि दिनभरजसो समय उपचारकै लागि कुर्नुपर्ने अवस्था रहेको छ । रामेछाप जिल्लाका विभिन्न स्थानबाट मात्र होइन, छिमेकी जिल्ला दोलखा, ओखलढुंगा र सिन्धुलीसम्मबाट पनि बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका छन् । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठका अनुसार अस्पताल सञ्चालनका लागि केन्द्र तथा प्रदेश सरकारबाट अपेक्षाकृत सहयोग प्राप्त हुन सकेको छैन। नगरपालिकाले आफ्नै स्रोतबाट खर्च व्यवस्थापन गरेर अस्पताल सञ्चालन गर्नुपर्दा निकै कठिनाइ भइरहेको उनले बताए ।

यसैबीच बागमती प्रदेश सरकारले सञ्चालन गरेको प्रदेशस्तरीय रामेछाप अस्पताल भने रामेछाप नगरपालिका अन्तर्गतको रामेछाप बजारमा रहेको छ । उक्त अस्पतालमा डाक्टरसहित पर्याप्त जनशक्ति भए पनि त्यहाँ पुग्न कोल्टो पर्ने, सार्वजनिक यातायता साधन नपाइन लगायतका समस्याका कारण धेरै बिरामी त्यहाँ नजाने गरेको स्थानीयहरू बताउँछन् । स्थानीयका अनुसार रामेछाप अस्पतालमा चिकित्सकहरू बिरामीको प्रतीक्षामा बस्नुपर्ने अवस्था रहेको छ भने मन्थली नगर अस्पतालमा बिरामीहरूले डाक्टर भेट्न घण्टौँ कुर्नुपर्ने बाध्यता देखिएको छ ।

मन्थली नगरपालिकाले यस अस्पताललाई प्रदेशस्तरको अस्पतालका रूपमा विकास गर्नका लागि प्रदेश सरकारसमक्ष पटक–पटक आग्रह गरेको भए पनि हालसम्म सो अस्पताल प्रदेशस्तरमा सञ्चालन हुन सकेको छैन। यसका कारण रामेछाप जिल्लाका बिरामीहरूले उपचार सेवा प्राप्त गर्न थप समस्या भोग्नुपरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
चिनियाँ रासायनिक कारखानामा ‘भयानक’ विस्फोट
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
आज यी ६ प्रदेशमा भारी वर्षाको पनि सम्भावना
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन