रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३ पटक हेरिएको
Shares
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

सारांश

  •   २६ फागुन,रौतहट ।
  • हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ ।
  • जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ ।

२६ फागुन,रौतहट ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार, चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन् । कानुनी प्रावधान अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी रकम राज्यकोषमा दाखिल भएको हो ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार क्षेत्र नं. १ मा कुल ३९ जना उम्मेदवार थिए, जसमध्ये ३४ जनाको जमानत जफत भएको छ । यहाको क्षेत्र नं. २ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यस्तै, क्षेत्र नं. ३मा सबैभन्दा धेरै ४० जना उम्मेदवार रहेको यस क्षेत्रमा ३७ जनाको जमानत जफत भयो। यहाँ नेपाली कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरूकै धरौटी जफत भएको निर्वाचन अधिकारी दासले जानकारी दिए । क्षेत्र नं. ४ मा भने ३७उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा पनि एमाले, जसपा र आजपा जस्ता दलका उम्मेदवारहरूले १० प्रतिशत मत पु¥याउन सकेनन् ।

निर्वाचन कार्यालयका अनुसार, प्रति उम्मेदवार १० हजार रुपैयाँका दरले कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्व खातामा जम्मा भएको छ । जमानत जोगाउन सफल भएका विजयी उम्मेदवारसहितका अन्य १४ जनाले भने नियमअनुसार प्रक्रिया पु¥याएर निवेदन दिएमा आफ्नो धरौटी रकम फिर्ता पाउनेछन् । यो तथ्याङ्कले रौतहटको चुनावी राजनीतिमा केही सीमित व्यक्ति वा दलको वर्चस्व र ठूलो संख्यामा रहेका स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूप्रति मतदाताको न्यून आकर्षणलाई स्पष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
स्थानीय जनप्रतिनिधिले औंल्याए शिक्षा ऐनमा संशोधन गर्नुपर्ने २७ बुँदा
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
बाघको आक्रमणबाट वडाअध्यक्ष घाइते
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
प्रभु साहको टिप्पणी– सरकारको नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन