राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल

Raju Yadav Raju Yadav
|
आइतबार, माघ १८, २०८२
|
|
३ पटक हेरिएको
Shares
राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन नसक्ने भन्दै दोषी देखिए दण्डको भागेदार हुनुपर्ने धारणा राखे ।

काठमाडौं ।

नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन नसक्ने भन्दै दोषी देखिए दण्डको भागेदार हुनुपर्ने धारणा राखे । उनले भने,‘कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन सक्दैन् । कोही संलग्न देखियो भने त्यो एमाले होइन् । त्यो कानुनी दायरामा आउनुपर्छ र दण्डका भागेदार हुने छन् । यो एमालेको प्रतिवद्धता हो ।

राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु ।’ त्यस्तै उनले आफूबाट कुनैपनि कानुन विपरितका र अनियमितताका कुरा नहुने बताउँदै त्यस्तो भयो भने जस्तो सजाय पनि स्वीकार रहेको बताए । ‘म कुनै पनि कानुन विपरितका, अनियमितताका कुरा म बाट हुने छैन् । त्यस्तो भयो भने तपाईहरुले दिएको जस्तो सजाय पनि स्वीकार्य छ,’उनले भने । पोखरेलले उम्मेदवार बनाउने कुरा रहर र लहरले नहुने बताउँदै भने,‘तपाई कतिपटक उम्मेदवार बन्ने जिज्ञासा आउन सक्छ । म भन्छु उम्मेदवार बनाउने कुरा रहर र लहरले हुँदैन् । कसैलाई रहर लाग्यो कसैलाई लहर चल्यो त्यही आधारमा उम्मेदवार बन्ने कुरा हुँदैन् । त्यो एउटा विधि र प्रक्रियाबाट हुन्छ ।’ उनले अहिले जातिय सद्भाव खलबल्याउने प्रयास भइरहेको बताउँदै त्यसको विपक्षमा एमाले खडा हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?