एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

सारांश

  • १५ माघ, काठमाडौँ ।
  •   नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ ।

१५ माघ, काठमाडौँ । 

नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ