भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली

Raju Yadav Raju Yadav
|
शनिबार, पौष २६, २०८२
|
|
३ पटक हेरिएको
Shares
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली

सारांश

  •   काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् ।
  • शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा भएका हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे ।

 

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् ।शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा भएका हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे ।

उनले ती घटनाबाट मुलुकलाई अस्थिरता र भूराजनीतिक जोखिमतर्फ धकेल्ने षड्यन्त्र गरिएको उल्लेख गरे । उनले भने, ‘भदौ २३ र २४ गतेका त्रासदीपूर्ण घटनापछि मुलुक असामान्य अवस्थामा धकेलिएको थियो । भदौ २३ गते नवयुवाहरुका सामान्य माग र शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई जसरी योजनाबद्ध रुपमा हिंसात्मक मुठभेडमा रुपान्तरित गरियो र १९ जना युवाहरुको ज्यान जाने दुःखान्तमा बदलियो, त्यो अकल्पनीय थियो । त्यही घटनालाई बाहना बनाएर भोलिपल्ट मुलुकलाई जसरी खरानीको थुप्रोमा बदल्ने आपराधिक काम भयो, नेपालको इतिहासकै सर्वाधिक त्रासद घटना थियो ।’ अध्यक्ष ओलीले ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई मात्र होइन, समग्र लोकतान्त्रिक शक्तिलाई आत्मबल दिएको बताए । ‘महाधिवेशनले नेकपा एमाले प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्ने, लोकतन्त्रको रक्षाका लागि अग्रपङ्क्तिमा उभिन सक्ने शक्ति हो भन्ने सन्देश दिएको छ,’ उनले भने । महाधिवेशनबाट पार्टीको आन्तरिक एकता सुदृढ भएको र नेतृत्वको वैधता पुनःस्थापित भएको उनको भनाइ थियो ।

उनले भदौ अन्तिम सातापछिको राजनीतिक परिस्थितिमा ‘पुराना’ र ‘नयाँ’ दलको बहसभन्दा पनि विध्वंशलाई स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने आधारमा राजनीतिक ध्रुवीकरण तीव्र भएको बताए । लोकतान्त्रिक प्रणालीमाथि आक्रमण गर्ने पपुलिष्ट र अराजक तत्वबाट जनतालाई सचेत गराउन आवश्यक रहेको उनले जोड दिए । आगामी आम निर्वाचनका सम्बन्धमा अध्यक्ष ओलीले सरकार भयरहित र निष्पक्ष वातावरण बनाउन असफल भएको आरोप लगाए । भदौ २४ का घटनासँग सम्बन्धित कैदी, लुटिएका हतियार र कमजोर बनाइएको सुरक्षा संयन्त्रको उदाहरण दिँदै उनले यस्तो अवस्थामा स्वतन्त्र निर्वाचन सम्भव नरहेको बताए । तथापि, ढिलो–चाँडो निर्वाचन हुने निश्चित भएकाले पार्टीलाई सधैँ तयारी अवस्थामा रहन निर्देशन दिए ।

अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्दै ओलीले विश्व राजनीति अस्थिर र जोखिमपूर्ण बन्दै गएको उल्लेख गरे । नेकपा एमाले स्वतन्त्र परराष्ट्र नीति, पञ्चशील, असङ्लग्नता र अन्तर्राष्ट्रिय कानुनको पक्षमा दृढ रहेको उनले बताए । गाजा, युक्रेन, भेनेजुएला, बङ्गलादेश र म्यान्मारका घटनाप्रति चिन्ता व्यक्त गर्दै मानवअधिकार र सार्वभौमसत्ताको सम्मान हुनुपर्ने धारणा राखे। तराई–मधेस क्षेत्रमा देखिएका सामाजिक सद्भाव खलबलिने घटनाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले सहिष्णुता, सौहार्दता र राष्ट्रिय एकताको पक्षमा उभिन पार्टी पङ्क्ति तथा सबै सरोकारवालालाई आह्वान गरे । सम्बोधनको अन्त्यमा उनले पार्टी एकताबद्ध र सक्रिय भए मात्र प्रतिगमनलाई परास्त गर्न सकिने भन्दै सम्पूर्ण ऊर्जा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षामा केन्द्रित गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
उपाधिका लागि नेपाली युवा टोलीले युएईसँग प्रतिस्पर्धा गर्ने
अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव
अन्तरिम सरकार बनाएर एक वर्षभित्र निर्वाचन गरौं : राजकिशोर यादव
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
जाजरकोटमा गाडी दुर्घटना, १६ जना घाइते
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
गाजामा युद्धविराम सम्भावना : हमासले बन्धक मुक्त र इजरायलले कैदीहरू रिहा गर्ने
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह