एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
३ पटक हेरिएको
Shares
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने

सारांश

  • २३ पुस, काठमाडौं ।
  • एमालेले नेताहरूलाई हाल दिएको जिम्मेवारी निर्वाचन लक्षित मात्रै भएको र पछि हेरफेर हुनसक्ने महासचिव शंकर पोखरेलले बताएका छन् ।
  • मंगलबारको बैठकले पार्टीको प्रदेश र जिल्ला समन्वय गर्न इञ्चार्ज तोक्ने, संगठन र प्रचार कामलाई तत्कालका निम्ति व्यवस्थापन गर्ने गरी केही जिम्मेवारी दिएको थियो ।

२३ पुस, काठमाडौं ।

एमालेले नेताहरूलाई हाल दिएको जिम्मेवारी निर्वाचन लक्षित मात्रै भएको र पछि हेरफेर हुनसक्ने महासचिव शंकर पोखरेलले बताएका छन् । मंगलबारको बैठकले पार्टीको प्रदेश र जिल्ला समन्वय गर्न इञ्चार्ज तोक्ने, संगठन र प्रचार कामलाई तत्कालका निम्ति व्यवस्थापन गर्ने गरी केही जिम्मेवारी दिएको थियो । निर्वाचनपछि कामको समीक्षाका आधारमा हेरफेर हुने पोखरेलले बताएका छन् ।

उनले भने, ‘उहाँहरूले निर्वाचनका लागि तोकिएको जिम्मेवारी के-कसरी पूरा गर्नुहुन्छ, त्यस आधारमा त्यसपछि पनि त्यो जिम्मेवारी कायम हुने कि नहुने भन्ने कुरा तय हुन्छ ।’ तर, ११ औँ महाधिवेशनमा विभिन्न प्रदेश र जिल्ला कमिटीका पदाधिकारीले केन्द्रीय नेतृत्वमा उम्मेदवार दिएर स्वतः रिक्त भएका स्थानका पदपूर्ति भने कायम रहने पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?