फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले

Raju Yadav Raju Yadav
|
सोमबार, पौष ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ ।
  • सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने भन्दै तर सरकारको तयारी हेर्दा चुनावी वातावरण नदेखिएको बताएका हुन् ।

काठमाडौं ।

नेकपा एमालेले आगामी फागुन २१ गते निर्वाचनको आवश्यक गृहकार्य नगरेको भन्दै निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको बताएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव महेश बस्नेतले लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि नहुने भन्दै तर सरकारको तयारी हेर्दा चुनावी वातावरण नदेखिएको बताएका हुन् ।

उनले भने,‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं । सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं । आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो । धेरै होर्मवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ । यो कुरामा सरकारको ध्यान गएको छैन् । जेनजीसँग सम्झौता भएको छ तर कार्यान्वयनमा उहाँहरुको पनि आशंका छ । चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं ।’ फागुन २१ मा चुनाव भएन र स¥यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार  ?
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा