योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ : शिक्षामन्त्री पुन

Raju Yadav Raju Yadav
|
आइतबार, पौष ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
योग र ध्यानले भ्रष्टाचार हट्न सक्छ  : शिक्षामन्त्री पुन

सारांश

  •   ६ पुस, काठमाडौं ।
  •   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्न सक्ने बताएका छन् ।
  • विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् ।

 

६ पुस, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउनसके भ्रष्टाचार हट्न सक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका हुन् ।  मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने मन्त्री पुनको भनाइ छ । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उनले बताए । योग ध्यानलाई गाउँगाउँमा पुर्‍याउनका लागि सबैले प्रयास गर्नुपर्ने मन्त्री पुनले बताए ।

योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्‍याउन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ । योग र ध्यान पढाउने नभइ गराउने विषय भएको र विद्यालयमा शुक्रवारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रूपमा अघि बढाउनेबारे कुरा उठाएको पनि उनको भनाइ छ । मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध नभए मनमा अनेकौँ किसिमका लोभ, लालसा र घमण्ड बढ्दै जान्छन् । यस्ता प्रवृत्तिहरू बढेपछि भ्रष्टाचार मौलाउने एउटा अनुकूल वातावरण तयार हुन्छ । हामीले भन्ने गरेका सबै भ्रष्टाचारीहरूको मन नै भ्रष्ट हुन्छ, शुद्ध हुँदैन । उनीहरूमा घमण्ड, लोभ र लालसा हावी हुन्छ । यस्तो किसिमको लोभ, लालसा र घमण्डलाई औषधि खुवाएर हटाउन सकिँदैन भन्ने स्पष्ट भइसकेको छ ।

त्यसको कुनै औषधि बनेको छैन, र भविष्यमा पनि बन्ने देखिँदैन । तर यसको औषधिका रूपमा योग र ध्यानलाई समाजमा फैलाउन सक्नुपर्छ । टोल–टोलमा योग र ध्यानको अभ्यास फैलाउन सकिएमा भ्रष्टाचार घट्ने ठूलो सम्भावना देख्छु । भ्रष्टाचारीहरूको मन, घमण्डीहरूको मन र लोभी–पापीहरूको मन शुद्ध गर्ने एउटा प्रभावकारी माध्यमका रूपमा योग र ध्यानलाई मैले देखेको छु । त्यसैले योग र ध्यानलाई गाउँ–गाउँसम्म पुर्‍याउन सबैले प्रयास गर्नुपर्छ । विद्यालय–विद्यालयमा पनि योग र ध्यानलाई अतिरिक्त क्रियाकलापका माध्यमबाट समावेश गर्नुपर्छ भन्ने उद्देश्यले म लागिरहेको छु । अतिरिक्त क्रियाकलापअन्तर्गत योगलाई समेट्न निर्देशन पनि दिइसकेको छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?