रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष ४, २०८२
|
|
३ पटक हेरिएको
Shares
रिहाइपछि रविको प्रतिक्रिया- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ

सारांश

  • ४ पुस,बुटवल ।
  • रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् ।
  • भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए ।

४ पुस,बुटवल ।

रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । भैरहवास्थित जिल्ला कारगारबाट छुटेपछि लामिछानेले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यको तुलनामा केही पनि नभएको बताए । आफू बोल्ने समय  आउने भन्दै उनले हिसाबकिताब गर्न बाँकी रहेको बताए । ‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने, ‘यिनीहरूले यो देश माथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नुछ ।

त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौंला, आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।’ काठमाडौंबाट हवाईजहाजमा भैरहवा आउने तयारी भएपनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएर त्यहांबाट सडकमार्गबाट सांझ पौने ६ बजे भैरहवा कारागार आइपुगेका थिए । भैरहवा कारागार आइपुग्दा र छुटेपछि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरुले उनको पक्षमा हुटिङ गर्दै खुशियाली मनाएका छन् । रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छाडेको बताए । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो धरौटीमा छोड्न आदेश दिएको थियो । बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
शिक्षक महासंघले दियो कांग्रेस कार्यालयमा धर्ना
शिक्षक महासंघले दियो कांग्रेस कार्यालयमा धर्ना
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
तीनवटै उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफल
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डलाई
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा