जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

Raju Yadav Raju Yadav
|
बिहिबार, पौष ३, २०८२
|
|
३ पटक हेरिएको
Shares
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

सारांश

  •   ३ पुस, बर्दिया ।
  • उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए ।
  • उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए ।

३ पुस, बर्दिया ।

उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए ।उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए । अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरीसकेको बताए । उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए ।

मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यन्वयन हुन नसकेको बताए । सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब १ करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए । त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल सिलन्यास गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान