तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश

Raju Yadav Raju Yadav
|
शनिबार, मंसिर २७, २०८२
|
|
२ पटक हेरिएको
Shares
तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश

सारांश

  •   २७ मंसिर, काठमाडौं ।
  •   भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुन्छेक बहस सकिएको छ ।
  • बहसपछि विशेष अदालतले तत्कालीन सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग गरी बाहिरै बसेर मुद्दा लड्न पाउने गरी आदेश गरेको छ ।

 

२७ मंसिर, काठमाडौं । 

भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुन्छेक बहस सकिएको छ । बहसपछि विशेष अदालतले तत्कालीन सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग गरी बाहिरै बसेर मुद्दा लड्न पाउने गरी आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीराज श्रेष्ठको इजलासले भट्टराईलाई २५ लाख धरौटी राखेर मुद्दा लड्न पाउने आदेश गरेको हो । थुनछेक बहसपछि आदेश गर्ने क्रममा न्यायाधीशहरूबीच राय बाझिएको छ । अध्यक्ष भट्ट र सदस्य पौडेलले २५ लाख धरौटी माग्ने आदेश गरे भने सदस्य श्रेष्ठले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने भन्दै फरक राय राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?