शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

Raju Yadav Raju Yadav
|
बिहिबार, मंसिर १८, २०८२
|
|
३ पटक हेरिएको
Shares
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

सारांश

  • १८ मंसिर, काठमाडौं ।
  • शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
  • बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ ।

१८ मंसिर, काठमाडौं ।

शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ । साथै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ ।


लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ । उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ । काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । काठमान्डुका शाहब आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए । यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।

पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरेपनि पर्याप्त भएन । उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए । यस्तै धनन्जय लक्षनले ३० रन जोडे । ५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए । तर यो साझेदारी ब्रेक भएपछि पोखराको रन गति पनि घटेको थियो । लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे । कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे ।

बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए । कप्तान करण केसी र सन्नी पटेलले दुई/दुई विकेट लिए । त्यसअघि ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए । चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै आक्रमक ब्याटिङ गरेका भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए । ७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरे । अर्का ओपनर आकाश त्रिपाठी खाता नखोल्दै धनन्जय लक्षनको बलमा बोल्ड भए । त्यसपछि आएका रासिद खान ७ रन जोडेर आउट भए । चार्ल्सवर्थ र मिलिनकुमार मिलेर काठमान्डुको इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर ३३ रनको साझेदारी पछि मिलिन्द कुमार १३ रन बनाएर दशौँ ओभरमा आउट भए । विकेटकिपर जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट हुँदा काठमान्ठुले ७९ रनमै ५ विकेट गुमाएको थियो । तर, सातौं नम्बरमा ब्याटिङ गरेका भिम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गर्दै इनिङ्स बिल्ड गरे । बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङमा टिपरको ठक्करबाट‌ एकको मृत्यु, आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
आजको मौसम : नेपालमा पश्चिम वायुको सामान्य प्रभाव
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान
कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय
कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय
कतारले दियो १३ नेपालीलाई आममाफी
कतारले दियो १३ नेपालीलाई आममाफी
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ
रविको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि आएन आदेश, ‘हेर्दाहेर्दै’ मा सकियो सुनुवाइ