संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्

Raju Yadav Raju Yadav
|
सोमबार, मंसिर १५, २०८२
|
|
२ पटक हेरिएको
Shares
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्

सारांश

  • १५ मंसिर, काठमाडौं ।
  • जेन–जी आन्दोलनताका गृहसचिव रहेका गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको र त्यसक्रममा हताहती भएको दावी गरेका छन् ।
  • उनी ७ मंसिरबाट अनिवार्य अवकाशमा गएका छन् ।

१५ मंसिर, काठमाडौं ।

जेन–जी आन्दोलनताका गृहसचिव रहेका गोकर्णमणि दुवाडीले भदौ २३ गते सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएको र त्यसक्रममा हताहती भएको दावी गरेका छन् । उनी ७ मंसिरबाट अनिवार्य अवकाशमा गएका छन् ।

आफूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने दावी सहित दायर रिट निवेदनमाथिको जवाफ दिँदै तत्कालीन सचिव दुवाडीले सुरक्षाकर्मीहरूले आत्मरक्षा र हातहतियारको रक्षाका लागि गोली चलेको दावी गरेका हुन् । शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले कानून बमोजिम आत्मरक्षा, हातहतियारको रक्षा गर्न सुरक्षा उपाय अपनाउनैपर्ने हुन्छ,’ लिखित जवाफमा दुवाडीले भनेका छन्, ‘उक्त मितिमा सुरक्षा सम्बेदनशीलताको आधारमा आत्मरक्षा, हातहियार रक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा र संरक्षण गर्नुपर्ने अवस्था आएको अवस्था र परिस्थितिले देखाउँछ ।’
शान्तिपूर्वक भेला हुने भनेर अनुमति लिएका प्रदर्शनकारीहरू सरकारी एवं सार्वजनिक क्षेत्रमा गएको र त्यसले सुरक्षाकर्मीका हातहतियार र गोलीगट्ठाको सुरक्षामा असर परेको भन्दै उनले त्यसपछि बल प्रयोग भएको जवाफ दिएका हुन् । जवाफमा उनले लेखेका छन्, ‘भवन कम्पाउण्डभित्र प्रवेश गर्ने अवस्था भएको र त्यसबाट शान्ति सुरक्षा, सरकारी सम्पत्ति एवं सुरक्षाकर्मीको सुरक्षा, हतियारको रक्षा गर्नुपर्ने अवस्था आएको देखिन्छ ।’ उनले सुरक्षाकर्मीहरूले जिम्मेवारी निर्वाह गरेको विषयमा कसैले कारबाहीको माग गर्न नहुने जिकिर गरेका हुन् ।

जेन–जी आन्दोलनपछि गठन भएको सरकारले दुवाडीलाई गृह मन्त्रालयबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको थियो । सचिवहरूमध्ये उनी पहिलो वरीयतामा रहे पनि मुख्यसचिव नभई अवकाश भएका थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई शुरुमा काठमाडौं उपत्यकाबाहिर जान बन्देज लगाएपनि पछि भने फुकुवा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी
आजदेखि तीन दिनसम्म पानी पर्ने
आजदेखि तीन दिनसम्म पानी पर्ने
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल