रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर १४, २०८२
|
|
३ पटक हेरिएको
Shares
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा

सारांश

  • १४ मंसिर, काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ।
  • आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

१४ मंसिर, काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।

चुनाव र सत्तामा गएर मात्र परिवर्तन हुँदैन भन्ने सन्देश दिँदै उज्ज्वल थापा (हाल स्व.)ले विवेकशील अभियान सुरु गरेका थिए। पहिलो संविधानसभा विघटनपछि ‘ज्याला पूरा लियौँ, अब संविधान देऊ’ अभियान हुँदै सुरु भएको विवेकशील नेपाली अन्ततः १३ वर्षपछि रास्वपामा विलय हुने भएको हो। समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको थियो। पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अध्यक्ष युजन राजभण्डारीलगायत नेताहरू भने एकीकरणमा सामेल छैनन्। उपाध्यक्ष तथा पूर्वसंयोजक पाण्डेले रास्वपासँग एकता गर्ने निर्णयलाई सकारात्मक रूपमै लिनुपर्ने बताउँदै वैकल्पिक शक्तिहरू एकताबद्ध भएर विस्तार गर्नुलाई अन्यथा लिन नमिल्ने बताउँछन्। तर, पाण्डेले आफू एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्।

२०७९ सालको निर्वाचनअघि रवि लामिछाने नेतृत्वको रास्वपा स्थापना भएको थियो। चुनावअघि मात्रै स्थापनाको भएको रास्वपाले चुनावमा अप्रत्यासित मत ल्याएर चौथो ठूलो दल बनेको थियो। स्थापनको छोटो समयमै रास्वपाले पनि धेरै उतारचढावको सामना गरेको छ। छोटो समयमा राम्रो मत ल्याएर पूरा दलहरूलाई धक्का दिएको रास्वपा अहिले आफैँ पनि दलदलमा फस्न थालेको छ। स्वयं सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र मन्त्री पदसमेत गुमेपछि पुनः निर्वाचित हुनुपरेको थियो। त्यसपछि सहकारीको रकम हिनामिना प्रकरणमा उनी कारागारमा छन्। ‘जेन-जी’ आन्दोलनपछि रास्वपामा पनि रूपान्तरण र पुनर्गठनको विषय उठेको थियो। आफ्नो कुरा सुनुवाइ नभएपछि संस्थापक डा. मुकुल ढकालले पार्टी परित्याग गरेका थिए। ‘जेन-जी’ आन्दोलनपछि मात्रै रास्वपा नेतृ सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी परित्याग गरेका थिए। तर, रास्वपामा अझै पनि केही नेता असन्तुष्ट छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
क्याम्पस सभापति यादवको पद खारेजी माग गर्दै जिल्ला अदालतमा रिट
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय छ : मन्त्री सिन्हा
विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय छ : मन्त्री सिन्हा
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता