६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
४ पटक हेरिएको
Shares
६.५ डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ६.
  • ५ डिग्री सेल्सियसमा झरेको छ।

१२ मंसिर, काठमाडौं ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ६.५ डिग्री सेल्सियसमा झरेको छ। यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे पुन: मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले हरेक बिहान सुरुमा ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मापन गरे पनि बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ। सबैभन्दा तल झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम तापक्रम हुन्छ।   मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। मौसम महाशाखाले अहिलेसम्म उपलब्ध गराएको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३.४ डिग्री सेल्सियस छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
अरुण नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
एमाले अध्यक्ष ओली र वामदेव गौतमबिच भेटवार्ता
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय