टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन

Raju Yadav Raju Yadav
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
टस जितेर काठमान्डु गोर्खाजविरुद्ध फिल्डिङ्ग गर्दै चितवन

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्कणको १५ औं खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।
  • त्रिवि क्रिकेट स्टेडियममा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर काठमान्डु गोर्खाजलाई ब्याङिको निम्तो दिएका हुन्।

१२ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्कणको १५ औं खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर काठमान्डु गोर्खाजलाई ब्याङिको निम्तो दिएका हुन्। चितवनको यो चौथो खेल हो। यसअघि चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।

दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको चितवनले तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। काठमान्डु गोर्खाजको यो पाँचौं खेल हो। पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार बेहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?