महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति

Raju Yadav Raju Yadav
|
सोमबार, मंसिर ८, २०८२
|
|
३ पटक हेरिएको
Shares
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति

सारांश

  • ८ मंसिर,विराटनगर ।
  • नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
  • पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ ।

८ मंसिर,विराटनगर

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ । आइतबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा विराटनगरमा युवाहरूले दुव्र्यवहार गर्दै रातो मसी छ्याप्ने, बाटो अवरुद्ध प्रयास गर्दै नाराबाजी समेत गरेका थिए ।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल सहभागी कार्यक्रमपछि पनि यस्तै प्रकृतिका घटनाहरू दोहोरिन थालेको उल्लेख गर्दै सरकारले यस्ता अराजक क्रियाकलापलाई रोक्न आवश्यक ध्यान नदिएको आरोप लगाइएको छ । ‘राज्य संयन्त्रले आवश्यक नियन्त्रण तथा निरुत्साहन गर्न नसक्दा राजनीतिक हिंसा उक्साउने प्रवृत्ति बढ्दै गएको छ,’विज्ञप्तिमा भनिएको छ । खुला आवागमन, शान्तिपूर्ण भेला र नागरिक सुरक्षामा बाधा पुयाउने क्रियाकलापलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै सम्बन्धित व्यक्तिहरूलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?