‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
४ पटक हेरिएको
Shares
‘सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ’

सारांश

  • २७ कात्तिक, काठमाडौं ।
  • पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ ।
  • ‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ ।

२७ कात्तिक, काठमाडौं ।

पहिला देश(पिलुल्स रिभोल्यूसन)ले मंसिर ५ गतेदेखि पौष १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्यिाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । ‘पहिला देश’ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको मागसमेत गरेको छ । पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरुले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए । पहिला देशका प्रवक्ता डा.निकोलस भुसालले जेनजी युवाहरुलाई गोली हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरुलाई पक्रने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् ।

बदलिदो परिस्थिति अनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए । पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने आवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।

संकल्प यात्रा अभियानः

मंसिर ५ गते ताप्लेजुङ र पाँचथर,मंसिर ६ गते इलामा र झापा,७ गते मोरङ–सुनसरी,९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ,११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी,सिराहा र धनुषा, १५ गते बारा,पर्षा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही,कपिलबस्तु र दाङ, १९ गते प्युठान,रोल्पा र रुकुम,२१ गते सल्यान र जाजरकोट,२१ गते सुर्खेत र दैलेख,२३ जुम्ला र कालिकोट, २५ बजाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी,२८ गते डडेलधुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुष १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुारा । त्यसैगरी काठमाडौं र वरिपरिका ७ जिल्लामा पुष ७ गतेदेखि १० गतेसम्म पहिला देश(पिलुल्स रिभोल्यूसन)ले अभियान चलाउने जानकारी दिएको छ । देश दौडाहा सकेपछि पुष १५ गते राजधानी काठमाडौंमा वृहत राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
कर्णाली नदीमा एक महिलाको श*व फेला
कर्णाली नदीमा एक महिलाको श*व फेला
भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृ*त्यु
भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृ*त्यु
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा