३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे

Raju Yadav Raju Yadav
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३ पटक हेरिएको
Shares
३ दिनपछि बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे

सारांश

  • २५ कात्तिक, काठमाडौं ।
  • अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ ।
  • अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.

२५ कात्तिक, काठमाडौं ।

अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो । सो वृद्धिपछि २५६५ अंकमा नेप्से अडिएको छ । आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो । १४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे । अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटे ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
राष्ट्रिय सभालाई सम्बोधन गर्दै, प्रधानमन्त्री ओली
राष्ट्रिय सभालाई सम्बोधन गर्दै, प्रधानमन्त्री ओली
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
जेनजी युवा आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्दै
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश