सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

Raju Yadav Raju Yadav
|
शनिबार, कार्तिक २२, २०८२
|
|
१ पटक हेरिएको
Shares
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

सारांश

  • २२ कात्तिक, काठमाडौं ।
  • अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् ।
  • शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.

२२ कात्तिक, काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको जानकारी दिए । उनले भने,‘प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ ।

अर्थ मन्त्रालयमा पनि यहाँहरुले देख्नुभएकै छ–भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुधार गर्ने प्रयत्न भइरहेको छ ।’ त्यस्तै उनले आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनेगरी  कर तिर्ने विन्दुहरुलाई विस्तार गरिएको जानकारी दिए । ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नम्बर लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको उनले बताए ।

उनले भने,‘आम नागरिकले कर तिर्नको लागि सहज पहुँच पाउनुपर्छ भन्नको लागि कर तिर्ने विन्दुहरुलाई विस्तार गर्दै लगेर ७५३ नगरपालिकामा एक वर्षभित्रै पुग्ने र तत्काल पुग्न नसक्ने भएकाले ७७ जिल्ला र ठूलो बजारको आकार ग्रहण गरेका ठाउँहरु करिब १२० ठाउँमा उद्यमी व्यवसायले कर दाखिला गर्न र प्यान नं लिन पहुँच प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो तत्कालको सुधार हो ।’  निजी क्षेत्र र सरकार मुलुकको विकास,समृद्धि र रोजगारको साझेदार भएको बताउँदै उनले निजी क्षेत्र र सरकार सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
देउवाले गरे उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा
तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु