जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
सारांश
- २१ कात्तिक, काठमाडौं।
- जनता समाजवादीपार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले विगतमापार्टी परित्याग गरेका सम्पूर्ण नेताएवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमाफर्किन आह्वान गरेका छन् ।
- विभिन्न कारण र कालखण्डमापार्टी छाडेका नेताकार्यकर्तालाई संकोच अप्ठ्यारो नमानीआफ्नो पुरानै घरमा फर्किन आह्वानगर्दैै उनीहरुको स्वागतको लागिजसपा नेपालको ढोका खुला रहेको अध्यक्षयादवले अपील गरेका हुन् ।
२१ कात्तिक, काठमाडौं।
जनता समाजवादीपार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले विगतमापार्टी परित्याग गरेका सम्पूर्ण नेताएवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमाफर्किन आह्वान गरेका छन् । विभिन्न कारण र कालखण्डमापार्टी छाडेका नेताकार्यकर्तालाई संकोच अप्ठ्यारो नमानीआफ्नो पुरानै घरमा फर्किन आह्वानगर्दैै उनीहरुको स्वागतको लागिजसपा नेपालको ढोका खुला रहेको अध्यक्षयादवले अपील गरेका हुन् ।

ललितपुरको इमाडोलमाअध्यक्षयादवको अध्यक्षतामाबिहिबार सम्पन्न केन्द्रीय समिति बैठकले पनिविगतकादिनमा संगठनछाडेका नेताकार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वानगर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ । ‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुुष्टभएर पार्टी छाडेपनिउहाँहरु सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वानगर्दछु,– अध्यक्षयादवले भने,– ‘जसपा नेपालहामी सबैको साझा संगठनभएकोले जुनै कारणले पार्टी परित्याग गरेपनिपुनःफर्किन कसैले दुःख, धक, संकोच वाअप्ठ्यारो मान्नु पर्दैन ।’ पार्टी परित्याग गरेका नेताकार्यकर्ताहरुलाई सम्पर्कमा आउनअपीलगर्दै उहाँहरुको क्षमता, दक्षता, भूमिका र योग्यताअनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिईने अध्यक्षयादवले बताएकाछन् । मुलुकमाविकसित परिदृष्यलाई मध्यनजर गर्दै पार्टीलाई थप संगठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकाहरुलाई पुरानै घर फर्काउने अभियानजसपा नेपालले प्राथमिकताका साथ संचालन गर्ने बताइएको छ ।


प्रतिक्रिया