पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल

Raju Yadav Raju Yadav
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३ पटक हेरिएको
Shares
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल

सारांश

  • १८ कात्तिक, काठमाडौं ।
  • काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताएकी छन् ।
  • महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादित रोजगारीका सम्बन्धमा गरिएको अध्ययनका बारेमा छलफल गर्न आयोजना गरिएको साझेदार बीचको बैठकमा उनले यस्तो बताएकी हुन् ।

१८ कात्तिक, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताएकी छन् । महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादित रोजगारीका सम्बन्धमा गरिएको अध्ययनका बारेमा छलफल गर्न आयोजना गरिएको साझेदार बीचको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘तत्काल गर्नु पर्ने कामको व्यवस्थापनका लागि हामीले हरेक वडालाई २ लाख रुपियाँका दरले निकासा पठाएका छौँ । गएको वर्ष ५० हजार रुपियाँ पठाउने गरिएकोमा अवस्थाको संवेदनशीलतालाई हेरेर यस वर्षदेखि २ लाख रुपियाँ पठाउन थालेका हौँ ।’ काठमाडौं महानगरपालिकाले २०७८ सालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि जारी गरेको छ । यसले प्रमुखको संयोजकत्वमा गठन हुने ९ सदस्यीय मूल समिति गठन हुने व्यवस्था छ । यसमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक समितिका संयोजक, जिल्ला प्रहरी परिसरका प्रमुख, कानुन तथा मानव अधिकार विभागका प्रमुख, यसै क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि एक जना, पीडितमध्ये एक जना सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख रहेका छन् ।

समितिले ओसारपसार तथा बेचबिखनमा परेकाहरुको तत्काल उद्धार, संरक्षण, पुनस्र्थापना र क्षमता विकास गर्ने, गराउने तथा यसका लागि समन्वय गर्ने, तथ्याङ्क तथा अभिलेखन गर्ने सचेतनामूलक कार्यक्रम फैलाउने, कार्यक्रम सञ्चालनका लागि छुट्टै कोष स्थापना गरेर सञ्चालन गर्ने काम गर्छ । वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन हुने व्यवस्था छ । यसमा महिला सदस्य, स्थानीय प्रहरी प्रमुख वा प्रतिनिधि, वडाभित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकमध्ये अध्यक्षले मनोनित एक जना, महिला सञ्जाल, बाल सञ्जाल, ज्येष्ठ नागरिक केन्द्र, आमा समूहमध्ये सर्वाधिक क्रियाशील संस्थाका एक जना प्रतिनिधि सदस्य छन् । समितिको सदस्य सचिव वडासचिव रहने व्यवस्था छ । यस समितिले, ओसारपसार तथा बेचबिखन विरुद्धका कार्यक्रमको योजना बनाउने, योजना कार्यान्वयन गराउने, जोखिममा रहेका व्यक्ति तथा वर्गको पहिचान गर्ने, जोखिमबाट उद्धार गर्ने, संरक्षण, न्याय र पुनस्र्थापनाका लागि समन्वय गर्ने काम गर्छ ।

सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाएको हो । मनोरञ्जन र सत्कार पेशामा आवद्ध श्रमिकहरुका विभिन्न समस्या छन् । फाउन्डेसनका अधिकारीहरुले नीति र व्यवहारका बिचमा देखिएको भिन्नताका विषयमा प्रस्तुतिकरण गरेपछि उपप्रमुख डंगोलले भनिन्, ‘काठमाडौँलाई लैङ्गिक संवेदनशील सहरका रुपमा विकास गर्न सहकार्यमा काम गरौँ । यस क्षेत्रका श्रमिकको मर्यादित पेशाका लागि तर्जुमा गरिने कार्यविधिको मस्यौदाको छलफलमा लाभग्राहीलाई पनि राखौँ । जसका लागि कानुन बनाइँदै हो, उहाँहरुलाई बाहिर राखेर कानुन प्रभावकारी हुँदैन ।’ प्रस्तुतिकरणमा फाउन्डेसनका अधिकारीहरुले, मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरु करार सम्झौता नगरी काम गरिरहेकोले समान कामका लागि असमान पारिश्रमिक प्राप्त गरेको अवस्थामा रहेको देखाए ।

सम्झौता नभएकै कारण ओसारपसार र बेचबिखनको जोखिम छ । धेरैसँग नागरिकता नभएका कारण सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समस्या देखिन्छ । बैठकमा सुरक्षित आप्रबासन र मर्यादित श्रम सम्बन्धी स्रोत सामग्रीका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
म्यानमारमा सैनिक हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार
मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार