काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो

Raju Yadav Raju Yadav
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३ पटक हेरिएको
Shares
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो

सारांश

  • १६ कात्तिक, काठमाडौं ।
  • राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक हिजो(नेभेम्बर १) दुर्लभ प्रजातिको चराको बथान देखिएको छ ।
  • नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा हालसालै पानीको मात्रा बढेर सफा देखिएको कारण शनिबार साँझ करिब ४ बजे सो बथान त्यहाँ देखा परेको हो ।

१६ कात्तिक, काठमाडौं ।

राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक हिजो(नेभेम्बर १) दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा हालसालै पानीको मात्रा बढेर सफा देखिएको कारण शनिबार साँझ करिब ४ बजे सो बथान त्यहाँ देखा परेको हो । कार्कीका अनुसार ती चराहरू कालो टाउके दंगा चिल (द्यबिअप–जभबमभम न्गििक) हुन्, जुन सामान्यतया काठमाडौं उपत्यकामा पाइँदैनन् ।

‘यी चरा समुद्र र ठूलो पानी भएको क्षेत्रका हुन् । सम्भवतः चीनतिरबाट बसाइँसराई गर्दै न्यानो स्थान खोज्दै आएका हुन्,’उनले भने । हिजो(शनिबार)बागमती किनारमा करिब ४० वटा दंगा चिल देखिए पनि आज बिहानसम्म संख्या घटेर ११ वटा मात्र बाँकी रहेको कार्कीले जानकारी दिए । मौसम अनुकूल भएसँगै ती चिलहरू अन्य स्थानतर्फ उड्ने अपेक्षा गरिएको छ । कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
ग्यासको अभाव झेल्दै सहर, मधेशका गाउँमा गोइँठाकै भर
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे
सुनको मूल्य तोलामा छ सय रुपैयाँले घट्याे
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध