एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने
सारांश
- २८ असोज, काठमाडौं ।
- नेकपा एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ।
- यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो।
२८ असोज, काठमाडौं ।
नेकपा एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ। यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संस्थागत रुपमा पार्टी नै रिट लिएर सर्वोच्च नजाने बताए ।

उनले भने, ‘आजै ५ वटाभन्दा धेरै रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ नै। हामीले संसद विघटनको विरोध गरेका छौं। हामीले राजनीतिक निर्णय गरेका छौं। तर निवेदन लिएर जाँदैनौं।’ एमालेले संसद विघटन र प्रधानमन्त्री सुशीला कार्की नियुक्ति संवैधानिक रुपमा नभएको भन्दै प्रश्न उठाउँदै आएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया