अविरल वर्षाले तीन दिनमा ४६ जनाको मृ*त्यु, ६ जना अझै बेपत्ता

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन २०, २०८२
|
|
२ पटक हेरिएको
Shares
अविरल वर्षाले तीन दिनमा ४६ जनाको मृ*त्यु, ६ जना अझै बेपत्ता

सारांश

  • २० असोज, काठमाडौं।
  • देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ।
  • असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।

२० असोज, काठमाडौं।

देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ।

प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन्। रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि विभिन्न कारणले मानवीय क्षति भएको छ। विशेषगरी पहिरो, बाढी, चट्याङ र खोलाको बगावटले मानवीय क्षति पु¥याएको बताइएको छ। इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा परेर गर्भवती महिलासहित दुई जना फसेका थिए भने झापामा बाढी र डुबानमा परेका १६ जनाको हेलीकोप्टरमाफृत उद्धार गरिएको हो।

नेपाल सरकारको गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले राहत वितरण, उद्धार तथा पहिरो प्रभावित क्षेत्रमा सडक तथा संचार व्यवस्था पुनःस्थापनाका लागि काम गरिरहेका छन्। सरकारले थप वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा
सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
जुम्लामा डढेलो निभाउन गएका ८१ वर्षीय वृद्धको आगोमा जलेर मृत्यु
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव