नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
२ पटक हेरिएको
Shares
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

सारांश

  • १९ असोज, काठमाडौं ।
  • नारायणघाट–मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ ।
  • उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।

१९ असोज, काठमाडौं ।

नारायणघाट–मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ । उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।
उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ । सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?