वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ

सारांश

  • १६ असोज, पर्सा ।
  •   पर्साको वीरगञ्ज महानगरपालिका-१० गीता मन्दिर नजिकै यही असोज १४ गते हत्या गरिएका गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, सोही ठाउँका २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्द चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

१६ असोज, पर्सा । 

पर्साको वीरगञ्ज महानगरपालिका-१० गीता मन्दिर नजिकै यही असोज १४ गते हत्या गरिएका गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, सोही ठाउँका २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्द चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् । असोज १४ गते २० वर्षीय गोल्डेनमाथि राति साढे ११ बजेतिर कुटपिट भएको प्रहरीले जनाएको छ । उनको सोही राति करिब ११ बजेर ५० मिनेटतिर उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

बाराको परवानीपुर गाउँपालिका-९ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-१० बस्ने गोल्डेन गहवामाईको मेला हेर्न जान्छु भनि घरबाट निस्किएका थिए । मेलामा गइ केटाहरूसँग वाद-विवाद तथा हातपात गरेको र विगतका दिनमा उक्त समूहबीच एक आपसमा झै-झगडा वाद-विवाद हुने गरेको सोही रिसईबी लिएर उनको हत्या भएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी हरिबहादुर बस्नेतले  जानकारी दिए ।  गोल्डेन एक्लो भएको मौका छोपी विपक्षी समूहका केटाहरूले हात मुक्का, बाँसका भाठ्ठा समेतले प्रहार गरी उनको हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौँमा आइतबार सार्वजनिक बिदा
काठमाडौँमा आइतबार सार्वजनिक बिदा
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु
कोशी प्रदेशसभा : बजेट अधिवेशन सुरु