बाँके बाट ब्राउन सुगरसहित दुई पक्राउ

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन १३, २०८२
|
|
२ पटक हेरिएको
Shares
बाँके बाट ब्राउन सुगरसहित दुई पक्राउ

सारांश

  • १३ असोज, बाँके ।
  • बाँके प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

१३ असोज, बाँके ।

बाँके प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१७ चौलिका चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको पिलिभित पुरन थाना पुरनपुर घर बताउने २६ वर्षीय मोहम्मद नाजिम कुरेसी र रुकुम पश्चिम, खलङगा नगरपालिका–२ का २५ वर्षीय सुरेश खड्का रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट शुद्ध तौल ४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको  एसपी अंगुर जिसीले जानकारी दिए। बरामद पदार्थसहित दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?