पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन ९, २०८२
|
|
४ पटक हेरिएको
Shares
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

सारांश

  • पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ ।
  • हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।
  • जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पु¥याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए।

८ असोज, काठमाडौं ।

पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ । हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो। जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पु¥याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए। उनका साथ अन्य नामहरू पनि सिफारिसमा परे तापनि भण्डारी सबैभन्दा अगाडि परेका छन्।

सदस्य–सचिव पदमा नियुक्त भएपछि उनले कोषका नीतिगत, आर्थिक तथा प्रशासनिक कार्यहरूको संयोजन गर्ने, समितिका बैठक एजेण्डा तयारी गर्ने र कार्यान्वयन सुनिश्चित गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन गर्ने तथा आवश्यक प्रतिवेदन समितिमा पेस गर्ने जिम्मेवारी पाउनेछन्। कतारमा रहँदा उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको विभिन्न पदमा रहेर सफल कार्यकाल बिताएका थिए । त्यहाँ रहँदा उनले नेपाली समुदायलाई एकताबद्ध बनाउन, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न र श्रमिक अधिकारको संरक्षणमा सक्रिय भूमिका खेलेका थिए। यसै कारण भण्डारीलाई ‘आशालाग्दो युवा समाजसेवी’ को रूपमा हेरिन्छ।

सिफारिसमा परेको विषयमा भण्डारीले प्रतिक्रिया दिँदै आफूलाई जिम्मेवारी दिने हो भने पशुपति विकास कोषलाई पारदर्शी व्यवस्थापन, आधुनिक प्रविधिको उपयोग, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण र तीर्थयात्रीमैत्री सुविधा विस्तारमार्फत नमुना संस्थामा रूपान्तरण गर्ने संकल्प व्यक्त गरेका छन । उनले पशुपतिमार्फत धेरै पर्यटक भित्र्याउन सकिने बताए । पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न कोषको भूमिका महत्वपूर्ण हुने भएकाले भण्डारीको नाम सिफारिसलाई विभिन्न तहमा सकारात्मक दृष्टिले हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित

तपाईंले छुटाउनुभयो कि?