जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण

सारांश

  • ५ असोज, सुर्खेत ।
  • जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
  • कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् ।

५ असोज, सुर्खेत ।

जनता आवास कार्यक्रममार्फत निर्माण भएका दुई सय ४८ घर निर्माण सम्पन्नगरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार बिकास कार्यालयमार्फत निर्माण भएका जुम्लामा दुई सय आठ र हुम्लामा ४० घर निर्माण गरी दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समूदायलाई हस्तान्तरण गरिएका हुन् । आर्थिक बर्ष २०७५÷०७६ बाट कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममार्फत आर्थिक वर्ष २०८०÷८१ मा ३६ र २०८१÷८२ मा ३६ विपन्न परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

जुम्लामा हालसम्म दुई सय आठ घर निर्माण गरिएको पूर्वाधार बिकास कार्यालयका नायब सुब्बा धर्मराज रावलले बताए । निर्माण सम्पन्न भएका मध्ये १८ घर हस्तान्तरण हुन बाँकी रहेको उनले बताए ।प्रत्येक घर तीन लाख ३३ हजार छ सय रुपियाँको लागतमा निर्माण गरिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्राविधिक हेमन्त न्यौपानेले जानकारी दिए । हरेक घरमा दुई कोठा, बिचमा कोलिया र शौचालयको व्यवस्था रहेको छ । जनता आवास कार्यक्रमले घरबारविहीन परिवारलाई राहत पुगेको छ । हुम्लामा कर्णाली प्रदेश सरकारको बजेटमा ४० वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । एक करोड ६० लाख बजेटको लागतमा निर्माण भएका घरहरु पूर्वाधार विकास कार्यालय हुम्लाले सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरेको प्रमुख नरेशराज जैशीले जानकारी दिए ।

‘विपन्न परिवारका लागि २० र दलित परिवारका लागि २० घर गरी अघिल्लो आर्थिक बर्षमा निर्माण गरिएका ४० घर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ’ उनले भने । जुम्लाको गुठीचौर गाउँपालिका–५, देपालगाउँका धनसिंह सार्कीले सरकारले बनाएको नयाँ घरमा बस्न पउँदा खुशी लागेको बताए । ‘सरकारको कार्यक्रम अन्तर्गत नयाँ घरमा बस्न पाउँदा खुशी लागेको छ’ उनले भने, ‘गरिब र दलितका लागि सरकार भएको अनुभुती भएको छ ।’ घरबारविहीन अन्य विपन्न र दलितका लागि पनि सरकारले आवासको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
भारतिय अभिनेता अजय देवगनले भेटे लियोनल मेस्सी, वानखेडे स्टेडियममा मेस्सीको भव्य स्वागत
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
दार्जिलिङ घुम्न भन्दै भारतको पुणे पुर्‍याएर नेपाली महिला बिक्री
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
बैतडीमा गोली हानेर युवकको हत्या
बैतडीमा गोली हानेर युवकको हत्या
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु
धादिङ बस दु*र्घटना हुँदा १८ जनाको मृ*त्यु