दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक

Raju Yadav Raju Yadav
|
शनिबार, आश्विन ४, २०८२
|
|
४ पटक हेरिएको
Shares
दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक

सारांश

  • ४ असोज, काठमाडौं ।
  • नारायणगढ – मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ ।
  • ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका थिए ।

४ असोज, काठमाडौं ।

नारायणगढ – मुग्लिनसहित देशभरका मुख्य सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ । ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएका थिए । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायात मन्त्री कुलमान घिसिङ संयुक्त छलफल भइरहेको छ ।

दशैं तिहारकाे लागि  यातायात व्यवस्थापन र सडक अवराेधकाे विषयमा  छलफल गर्न लागेकाे त्यसकाे लागि कार्यदल पनि बनाउने घिसिङले जानकारी दिए ।नारायणगढ-मुग्लिन सडक खण्डको तुइनख‍ोला पुल नजिकै हिजो साँझदेखि पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरो निरन्तर खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । तत्काल पन्छाउनै नसकिने गरि पहिरो खसेपछि डिभिजन सडक कार्यालय, प्रहरी तथा प्रशासनले सार्वजनिक सूचना मार्फत वैकल्पिक बाटो प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेका छन् । पहिरोको कारण विभिन्न ठाउँको सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए ।

उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ ।कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?