जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र २९, २०८२
|
|
२ पटक हेरिएको
Shares
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

सारांश

  • २९ भदौ, जनकपुर ।
  •   जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ ।
  • आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो ।

२९ भदौ, जनकपुर । 

जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ । आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो । राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए ।

भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए । केही व्यक्तिले करीब २०० वटा राहदानी राखिएको बक्स र २०० बढी राष्ट्रिय परिचय पत्र पनि उठाएर लगेको उनले बताए । साथै क्यामेरा, कम्प्युटर, स्क्यानर मेसिन, बायोमेट्रिक मेसिनलगायत प्राबिधिक सामानहरु लुटिनुका साथै तोड फोड र आगजनीले क्षती भएको सहायक जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

सम्पूर्ण क्षतीको विवरण संकलन भइरहेको र विवरण संकलन पश्चात नयाँ सामान ल्याएर बन्द रहेका सेवाहरु पनि सुचारु गर्ने हिसाबले काम भइरहेको उनले बताए । साथै उनले सामान लुटेर लगेकालाई सामान फिर्ता गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतवानी
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
दुर्घटनामा परे भारतका प्रसिद्ध संगीतकार तथा गायक विशाल ददलानी
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
यू-१९ महिला विश्वकपः १८ बलमा २ रन बनाएर आउट भइन् कप्तान पूजा
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान