सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र २३, २०८२
|
|
१ पटक हेरिएको
Shares
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की

सारांश

  • २३ भदौ, काठमाडौं ।
  •   राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की सिभिल अस्पताल पुगेकी छन्।
  • उनी नयाँबानेश्वर प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा मद्दत गर्न सोमबार साँझ अस्पताल पुगेकी हुन्।

२३ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की सिभिल अस्पताल पुगेकी छन्। उनी नयाँबानेश्वर प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा मद्दत गर्न सोमबार साँझ अस्पताल पुगेकी हुन्। सबभन्दा बढी घाइते सिभिल अस्पताल लगिएको छ। त्यहाँ अहिले पनि डेढ सय घाइते उपचाररत छन्। सिभिल अस्पतालमा मात्र तीन जनाको ज्यान गएको छ। एकैचोटि धेरै घाइते आएपछि अस्पताल अस्तव्यस्त बनेको छ। डाक्टर र नर्सहरूलाई घाइतेको उपचार गर्न धौ धौ छ।

जेनजीले गरेको प्रदर्शन क्रममा प्रहरीले गोली र बल प्रयोग गर्दा कम्तिमा १८ जनाको मृत्यु र सयौं संख्यामा घाइते भएका छन्। बानेश्वर क्षेत्र अझै पनि तनावग्रस्त नै छ।जेनजी पुस्ताले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गरेको हो। ११ बजेतिर प्रदर्शन गरी बानेश्वर पुगेको थियो। १२ बजेतिर उक्त प्रदर्शनले ब्यारिकेड भत्काएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनकर्मीले संसद भवनको गेटमा समेत आगजनी गरेका थिए। प्रहरीले गोली प्रहार गर्दा ठूलो संख्यामा ज्यान गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल
सत्ता गठबन्धनमा प्रदेशको माग सम्बोधनबारे छलफल
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति पौडेल
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग
मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग