राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्दै

सारांश

  •   नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।
  • अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २२ दिनका लागि राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।
  • बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि व्यवस्थापनका लागि उल्लिखित रकम झिक्न लागिएको हो ।

२२ भदौ, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २२ दिनका लागि राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि व्यवस्थापनका लागि उल्लिखित रकम झिक्न लागिएको हो ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ