नेप्सेसँगै घट्यो कारोबार रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
४ पटक हेरिएको
Shares
नेप्सेसँगै घट्यो कारोबार रकम

सारांश

  • १७ भदौ, काठमाडौं ।
  • साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.
  • ८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ ।

१७ भदौ, काठमाडौं ।

साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ । सोमबार १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०.७२ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको छ । सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अंक घटेको छ । यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर २९४.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३.६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले घटेर २०४६.७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.३२ प्रतिशतले घटेर २५५.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ८.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?