ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था

सारांश

  • ७ भदौ, काठमाडौं ।
  • ललितपुरको धोबिघाटस्थित एक होस्टलमा विदेशी नागरिकको संलग्नतामा इस्लाम धर्म प्रचार भइरहेको सूचना पाएपछि अध्यागमन विभागले अनुसन्धान थालेको छ।
  • इन्डोनेसियाली नागरिकहरू पर्यटक र अध्ययन भिसामा नेपाल आएकै आधारमा धार्मिक शिक्षा दिइरहेका भेटिएपछि पक्राउ परेका छन्।

७ भदौ, काठमाडौं ।

ललितपुरको धोबिघाटस्थित एक होस्टलमा विदेशी नागरिकको संलग्नतामा इस्लाम धर्म प्रचार भइरहेको सूचना पाएपछि अध्यागमन विभागले अनुसन्धान थालेको छ। इन्डोनेसियाली नागरिकहरू पर्यटक र अध्ययन भिसामा नेपाल आएकै आधारमा धार्मिक शिक्षा दिइरहेका भेटिएपछि पक्राउ परेका छन्। ‘हिमालय शिक्षा तथा हितेसी समाज’ नामक संस्थामार्फत आर्थिक रूपले कमजोर बालबालिकालाई विभिन्न जिल्लाबाट ल्याई कुअरान पढाइ भइरहेको पाइएको छ।

संस्थाका अध्यक्ष सैयद असरफ शाहले टर्की र बेलायतका संस्थाबाट वार्षिक अढाइ करोड रुपैयाँ सहयोग प्राप्त हुने बताएका छन्। टर्कीमा आधारित साहा इन्टरनेश्नल लगायतका संस्थाले नेपालमा धार्मिक प्रभाव विस्तार गरिरहेको भन्दै निगरानी बढाइएको छ। केही यस्ता संस्थाहरूमा अन्य मुलुकहरूले आतंकवादी सम्पृक्तताको आशंका गर्दै प्रतिबन्धसमेत लगाएका छन्।

नेपाल सरकारले विदेशी संघसंस्था र वैदेशिक सहयोगको नियमन गर्न नयाँ कानुन ल्याउने तयारी गरिरहेको छ। पूर्वप्रहरी एआईजी टेकप्रसाद राईले नेपालजस्तो मुलुकमा सहयोगको आवरणमा हुने सम्भावित अवाञ्छित गतिविधिबाट सचेत रहनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ