पार्टी वा संसद् जहाँ पनि बहुमतका आधारमा निर्णय हुने भएपनि त्यो वैधानिक मात्रै नभएर वैध पनि हुन आवश्यक रहेको उनको भनाइ थियो । ‘प्रत्येक निर्णय संख्याको आधारमा गरिने वैधानिक हुन्छ । पार्टीमा होला, संसद्मा होला जहाँ पनि होला,’ महामन्त्री थापाले भने, ‘तर, पार्टीमा निर्णय गरेपनि मैले गरेको निर्णय बहुमतको आधारमा छ भने पनि आम पार्टी सदस्यले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन । लोकतन्त्र चल्नका लागि वैधानिक मात्रै भएर हुँदैन वैध पनि हुनुपर्छ ।’ ‘पार्टीमा आत्मविश्वास र शुद्धता चाहिएको छ’ साथै, उनले पार्टीभित्र आत्मविश्वास र शुद्धता आवश्यक परेको पनि बताएका छन् ।
नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने बताउँदै उनले नेपाली काँग्रेस चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी भएको स्मरण गरे । ‘आजको दिनको हाम्रो मुद्दा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नुपर्नेछ । कतिपय कुराहरू प्रायोजित छ सबै कुराहरु बुझ्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘सबै कुरा बुझेर त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ ।
त्यो नेपाली कांग्रेसको जिम्मेवारी हो । त्यसका लागि कांग्रेसलाई आत्मविश्वास, शुद्धता, चाहिएको छ ।’ राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको महामन्त्री थापाको भनाइ थियो । ‘नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौं ।
राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन,’ उनले भने, ‘चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली काँग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो ।’ राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने र हल गरेर अघि बढ्ने रहेको महामन्त्री थापाको भनाइ थियो ।




प्रतिक्रिया