सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा

सारांश

  • ४ भदौ, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका छन् ।
  • बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए ।

४ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए । उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो , त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको छ, लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको सार्वभौम संसदको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्माइ हो ।’

मानव तस्करीको आरोप लगाउँदै सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि रास्वपासहितका विपक्षी दलले विरोध जनाएका छन् । प्रमुख सचेतक परियारलले सत्तारुढ दलले आफ्ना सांसदलाई खाली पानामा हस्ताक्षर गर्न लगाएको तर्फ संकेत गर्दै सांसदको विवेकलाई बन्दी नबनाउन आग्रह गरे । ‘सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो, सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यही बेला स्वार्थपूर्ति गर्ने मुद्दा नबनाउँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको उनको आरोप छ । ‘आज रास्वपालाई निषेध गर्न खोजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन, हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो,’, उनले भने । बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई आक्रमण गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए
जम्मु-कश्मीर आतंकवादी हमलामा १ नेपाली पनि मारिए
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित
एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित