गाईजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा
सारांश
- बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
- आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् ।
२२ साउन, काठमाडौं ।
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् । नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया