संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का

Raju Yadav Raju Yadav
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का

सारांश

  • ९ साउन, काठमाडौं ।
  •   उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताउनुभएको छ ।
  • शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

९ साउन, काठमाडौं । 

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताउनुभएको छ । शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको मर्मअनुसार कानून बनेको छ की छैन भनेर सांसदहरुले विचार विमर्श गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब बन्ने कानून संविधानको मर्मअनुसार बन्नुपर्ने र अधिकारको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । उहाँले भन्नुभयो, ‘संविधानको स्पिरिटअनुसार बनेको छ की छैन, हामीले तीन तहको सरकारको कल्पना गरेका छौँ । त्यसको अधिकारको बाँडफाँडको विषय के हो भन्नेकुरा महत्वका साथ उठेको छ । तीन तहको सरकारलाई सम्बोधन गर्नेगरी नै बाँडफाँड भएको छ । अनुसूचिमा पनि राखिएको छ । ओएनएम गरिएको छ ।’ समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अधिकारी विकेन्द्रीकृत हुनेगरी कानून बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कुनै पनि जलसम्बन्धी योजनाहरु निर्माण गर्न संघअन्तर्गतको आयोगमा आएर अनुमति लिइरहने कुराले विकासको काम अघि बढ्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जल उपयोगको सन्दर्भ जुन छ, विद्युत निर्माण, खानेपानी, सिंचाई सम्बन्धमा होस् । कुनैपनि योजना शुरु गर्नुअघि सहमति लिनुपर्छ भन्ने छ आयोगमा । जलश्रोतको बारेमा संविधान निर्माण गर्दा पनि धेरै बहस भएको हो । जलश्रोतको उपयोगको बारेमा त्यतिबेला पनि बहस भएको हो । ठूला सिंचाई संघमा, मझौला प्रदेशमा र साना स्थानीय तहमा दिने भन्ने गरी अधिकार सूचि बाँडफाँट गरियो । तर त्यो अनुसूचि अनुसार काम गर्न आयोगमा आएर सहमति लिनुपर्ने भयो । यो केन्द्रिकृत भयो । विकासलाई तिब्रता दिने हो विकेन्द्रीकृत हुनुपर्छ ।’उहाँले केन्द्रिकृत अधिकारले विकासलाई तिब्रता दिन नसकिने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ: महान्यायाधिवक्ता
प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध होइन, चोख्याउने अभियान चाँहि चलाएको थियो : ओली
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्रीवितरणमा रोक
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
कविलासीको प्रमुख प्रशासकीय अधिकृतमा यादव हाजिर
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार
खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार