सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

Raju Yadav Raju Yadav
|
बिहिबार, श्रावण ८, २०८२
|
|
१ पटक हेरिएको
Shares
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सारांश

  • ८ साउन, सर्लाही ।
  •   सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ ।
  • कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

८ साउन, सर्लाही । 

सर्लाही भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको छ । कार्यालयले गत आवमा ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, कुल ५३ करोड ७३ लाख १७ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सफल भएको भन्सार प्रमुख ठाकुर आचार्यले जानकारी दिए । गत आवमा जम्मा ९१.४३ प्रतिशत राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ६७ करोड ३९ लाख ९४ हजार रुपैयाँको लक्ष्यमा ४८ करोड ६९ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको थियो ।

त्यस हिसाबले अघिल्लो वर्षको तुलनामा गत आवमा करिब ५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो । भन्सार कार्यालयका अनुसार सर्लाही नाकाबाट धान, चामल, आलु, प्याज, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ । त्यस्तै, सोयाबिन तेल, पलाई, काठ, छड लगायतका वस्तुहरूको निकासी समेत हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
नक्खु खोलाले बगाउदा चार जना बेपत्ता
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन
उद्योगमा लक्ष्यअनुसारको आएन बजेट, ६ अर्ब ५५ करोड विनियोजन
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग