विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ ३२, २०८२
|
|
२ पटक हेरिएको
Shares
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री

सारांश

  • ३२ असार, काठमाडौं ।
  • गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
  • आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँडमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए।

३२ असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारीबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सङ्घ, प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँडमा पनि विपद् व्यवस्थापन तीन वटै तहको कार्यक्षेत्रमा पर्ने बताए। ‘हामी उच्च जोखिमपूर्ण भूगोलमा छौँ’, उनले भने, ‘विपद्को सामना र व्यवस्थापनका लागि तीन वटै तहबीच समन्वय र सहकार्य जरुरी छ ।’

सात वटै प्रदेशमा आपतकालीन गोदामघरहरू रहेको बताउँदै उनले ती गोदामघर सञ्चालन प्रदेश सरकारले गर्नेगरी हस्तान्तरण गरिएको जानकारी दिए ।‘काठमाडौँको गोदामघर विपद् प्राधिकरणसँग रहन्छ’, उनले भने, ‘छ वटा प्रदेशस्तरका गोदामघरको सञ्चालन प्रदेश सरकारले गर्नेछन् ।’ नागरिकसँगको सबैभन्दा नजिक स्थानीय जनप्रतिनिधि रहने भएकाले आपतकालीन गोदामघरहरू पालिकास्तरमा स्थापना गरेर तल्लो तहसम्म विपद् व्यवस्थापनका लागि सक्षम बनाउनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । उनले विपद् पूर्वसूचना र विपद् पछिको खोज, उद्धार तथा पुनःस्थापनामा सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताए। विगतमा विपद्का बेला गोदामघरबाट सामग्री उपयोग गर्दाको झन्झटिलो प्रक्रियालाई सहज पार्दै गोदामघर प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
संघ र प्रदेशका यातायात मन्त्रीहरूको छलफलले गर्‍यो लाइसेन्ससँग सम्बन्धित यस्ता निर्णय
पृथ्वीराजमार्ग अन्तरगत  फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही